Section 11
कार्यकारी निर्देशक, सल्लाहकार तथा अन्य कर्मचारी
(१) केन्द्रको प्रशासकीय प्रमुखको रूपमा दैनिक प्रशासन सञ्चालन गर्नको लागि हृदयरोग विशेषज्ञमध्येबाट नेपाल सरकारले एक कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र निज पुन नियुक्त हुन सक्नेछ ।
(३) कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।
(४) केन्द्रले आवश्यकता अनुसार प्राविधिक तथा प्रशासनिक सल्लाहकार र कर्मचारीहरु नियुक्त गर्न सक्नेछ ।